image
image

वैशाख यता यति धेरै विपद्का घटना र मानवीय क्षति

काठमाडौँ  २७ भदौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको वैशाख यता कूल एक हजार ७६२ विपद्का घटना भएको छ । ती घटनाबाट २३४ जनाको मृत्यु भएको छ । यसमा बाढीपहिरो र डुबान बाहेकका विपद्जन्य घटनासमेत समावेश छ । तीन घटनामा ४१ जना हराइरहेका छन् भने ४६४ घाइते भए । कूल दुई हजार २७८ परिवार प्रभावित छन् । कूल सात अर्ब ७७ करोडको क्षति भएको अनुमान गरिएको छ ।

जसमा सबैभन्दा बढी ६७९ आगलागीका घटना भए । यद्यपि मानवीय क्षतिका हिसाबले भने सबैभन्दा बढी पहिराबाट ७७ ले ज्यान गुमाएका छन् । सबैभन्दा बढी बाढीमा परेर ३२ बेपत्ता भएका छन् ।

प्राप्त विवरणअनुसार आगलागीमा परी १४, पहिरामा ७७, बाढीबाट ३८, अविरल वर्षाका कारण १६, चट्याङबाट ४८, सर्पको टोकाइबाट १६, डढेलोबाट तीन, हावाहुरीका कारण एक र जनावरको आक्रमणबाट २१ जनाले ज्यान गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।