आज पनि संक्रमित भन्दा निको हुने बढी
काठमाडौँ २७ भदौ ।पछिल्लो २४ घण्टामा नेपालमा ९११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा लगातार दोस्रो दिन संक्रमित भन्दा निको हुने बढी भएको छ ।सोहि अवधिमा १४२३ जना निको भएका छन् ।
शनिबार ९९४ जना संक्रमित थपिएका थिए । ११ हजार १८ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८३८ र एन्टिजेन विधिबाट ७३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
हालसम्म नेपालमा पीसीआर विधिबाट ७ लाख ७७ हजार १६३ जना र एन्टिजेन विधिबाट ८६ हजार ६९४ जनामा संक्रमण पुष्टि भइसकेको छ । नेपालमा हाल २६ हजार ७५७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४५४ जनाको सघन उपचार कक्ष र १४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल नेपालमा कूल संक्रमितमध्ये ७ लाख ३९ हजार ४५७ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९५.१ प्रतिशत पुगेको छ ।यता, कोभिड–१९ को संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । नेपालमा मृत्यु हुनेको कूल संख्या १० हजार ९४९ रहेको छ । पछिल्लो २४ घण्टामा थप १० हजार ४४९ जनाले खोप लगाएका छन् ।