के अब मौसम खुलेकै हो? यसो भन्छन् मौसमविद्
काठमाडौँ २७ भदौ ।ठूलाठूला विपद्का घटना निम्तिएपछि पछिल्ला केही दिनदेखि विस्तारै मौसम सफा हुँदै गएको हो कि भन्ने महसुस गराएको छ । कर्णाली प्रदेशबाहेक आज धेरै ठाउँमा घाम लागिरहेको छ । के अब मौसम खुलेकै हो त ? यसपालीको विपद् यति नै हो त ? आम सर्वसाधारणमा प्रश्न खेलिरहेको छ । त्यही प्रश्न मौसमविद्सँग राख्दा त्यो अनुमान गर्न अझै हतारो हुने प्रतिक्रिया प्राप्त भएको छ । उहाँहरुका अनुसार अझै विपद् टरिसकेको छैन ।
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् सुमनकुमार रेग्मी भन्नुहुन्छ, “मनसुन नसकिँदासम्म जोखिम कायमै रहन्छ, खुलेको जस्तो देखिए पनि कुनै पनि बेला मनसुन एक्टिभ भएर भारी वर्षा हुनसक्छ, नियमित अपडेटमा रहनुपर्छ ।”
यसपालीको मनसुनका समयमा मुलुकका धेरै जसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको थियो । सोहीअनुसार नै वर्षा भएको जनाइएको छ । नेपालमा यसपाली मनसुन दुई दिन ढिला गरी गएको जेठ २८ गते भित्रिएको थियो । आगाम िअसोज १७ को आसापास मनसुन बाहिरिनेछ ।
जेठ ३० गतेदेखि देशैभरि सक्रिय भयो । त्यसको अर्काे दिनबाटै भारी वर्षा सुरु भई जनजीवन प्रभावित बनायो । सुरुआती वर्षाले मनाङ र सिन्धुपाल्चोकलगायत जिल्लामा ठूलो जनधनको क्षति गरायो । असार १ र असार १६ गते पुनःभारी वर्षा हुँदा सिन्धुपाल्चोकमा दोहोरिएर क्षति भयो । अघिल्लो हप्ता तराईका जिल्लामा भारी वर्षा हुँदा बाढी र डुबानको समस्या निम्तियो ।
गृहमन्त्रालयबाट प्राप्त विवरणअनुसार सिन्धुपाल्चोकमा अहिलेसम्म छ जनाको मृत्यु भएको छ भने २० बेपत्ता भएका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा मात्रै २४७ घर बाढीले भत्काएको छ । कूल एक हजार ७०० रोपनीभन्दा बढी जमिन लगेको छ । जग्गामा मात्रै तीन अर्ब बढीको क्षति भएको प्रारम्भिक अनुमान छ ।
उता जिल्लाको हेलम्बु गाउँपालिकामा २२७ घर बग्यो । कूल दुई हजार १०० रोपनी बढी जग्गा लगेको विवरण प्राप्त छ । यस्तै पाल्पामा छ, कास्कीमा सात, दाङमा १० र पर्वतमा १३ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
यसपाली मनसुनजन्य विपद्का कारण ७१ जिल्ला प्रभावित भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वाधनुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठ अहिले मुलुकभर मौसम सामान्य बदली रहे पनि कर्णाली प्रदेशमा छिटफुट वर्षा भइरहेको जानकारी दिनुहुन्छ । “सोमबार पनि मौसम सामान्य नै छ, मङ्गलबार केही बदली हुनसक्छ”, श्रेष्ठले रासससँग भन्नुभयो । उहाँले पनि तत्कालै भारी वर्षाको सम्भावना भने नदेखिएको बताउनुभयो । यद्यपि मनसुन नबाहिरिँदासम्म कुनै पनि बेला बदली हुने श्रेष्ठको भनाइ छ ।