image
image

काठमाडौँ फोटोग्राफर संघमा नयाँ नेतृत्व चयन

काठमाडौँ २७ भदौ ।   काठमाडौँ फोटोग्राफर संघको १३ औं साधारण सभा तथा ७ औं महाधिवेशन समपन्न भएको छ ।काठमाडौँ उपत्यकामा फोटो स्टूडियो व्यवसायी सन्चालन गर्नेहरुको छाता संगठन रुपमा रहेको काठमाडौं सस्थाको आगामी २ वर्षको लागि नयाँ कार्य समितिमा  डिगम्वर राजवंसी अध्यक्षमा चयन हुनुभएको छ ।

साथै उपाध्यक्षमा  भोला काफ्ले चयन हुनु भएको छ । भने सचिवमा हरि घिमिरे कोषाध्यक्ष झक्कु रोक्का सह सचिवमा रेसमराज पण्डीत सदस्यहरुमा आनन्द प्रभाकर घिमिरे,खड्ग कुमार राजवंसी , किरण श्रेष्ठ लगायत १७ जनाको कमिटि रहेको छ ।

 निर्वाचन प्रमुख मन्जुरत्न साक्य सदस्यहरु योगेन्द्र जंग वस्नेत र राजभाई सुवालले विजेताहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो । नव निर्वार्चित सचिव हरि घिमिरेले भन्नु भयो " कोरोना कहर र बन्दा बन्दीका कारण फोटो व्यवसाय क्षेत्रमा  परेको असर बिश्लेष्ण अध्यन र मुल्यांकन गरि आगामी दिनको कसरी हाम्रो व्यवसाय सहज बनाउन सकिन्छ भनी सम्बन्धीत निकाय संग छलफल आवस्यक  सेमिनार ,तालिम र गोष्ठी गरिने बताउनु भयो। साथै सम्पूर्ण निर्वाचित टिम को मुख्य जिम्मेवारी भनेकै फोटो व्यवसायलाई मर्यादित बनाउनु रहेको बताउनु भयो"।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
50%
perfect उत्तम
0%
surprise अचम्म
50%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।