image
image

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक

काठमाडौँ, २७, भदौ । सत्तारूढ गठबन्धनका दलहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ। बैठकमा नेपाली कांग्रेस, नेकपा .माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिहरू सहभागी छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको दुई महिना बित्न लाग्दा पनि  गठबन्धनले मन्त्रीमण्डल विस्तार गर्न सकेको छैन।

यसअघि सरकारले गत शुक्रबार संसदमा अध्यादेशमार्फत् ल्याएको बजेटको प्रतिस्थापन विधेयक ल्याएको थियो। उक्त विधेयक अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभा बैठकमा पेस गरिसकेका छन्।

प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर अवरोध गरिरहेको छ।

आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै छ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।