करिब २ वर्षपछि खुल्यो स्विमिङ पुल
खुल्न थालेका छन् । पहिलो लकडाउनदेखि बन्द रहेका स्विमिङ पुल दोस्रो लहरको समयमा लगाइएको लकडाउनपछि बल्ल खुल्न थालेका हुन् ।
स्विमिङ पुल खुलेपछि पौडीका पारखीहरूमा उत्साह त मिलेकै छ, यस व्यवसायमा लागेकाहरूलाई पनि थोरै भए राहत मिलेको छ । ठुलो लगानीमा खुलेका स्विमिङ पुलहरू २ वर्षसम्म बन्द हुँदा यसका लगानीकर्ता र सञ्चालक ठुलो तनावमा थिए । अहिले स्विमिङ पुल खुले पनि पहिलेजस्तो मानिसहरू नआएको उनीहरूको भनाइ छ ।
नयाँ बानेश्वर रिक्रिएसर सेन्टरका सञ्चालक मनसजन राजभण्डारी भन्छन्, वर्षमा झन्डै ५ महिना मात्रै खुल्ने हाम्रो व्यवसाय २ वर्षसम्म बन्द नै थियो । अहिले बल्ल खुलेका छन् तर मानिसहरूको उपस्थिति भने कम छ । खुलेको एक हप्तामा जम्मा १५० जना आएका छन् । अहिले हामी हाम्रो खल्तीबाटै सबै खर्च गरिरहेका छौँ, आम्दानी शून्य नै छ । स्थिति बिस्तारै सकारात्मक बन्नेमा भने उनी सकारात्मक छन् ।