उपत्यकामा घट्यो संक्रमणदर
काठमाडौँ २६ भदौ । काठमाडौँ उपत्यकामा थप ३५७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका २३०, ललितपुरका ८५ र भक्तपुरमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी काठमाडौँ उपत्यकामा ६५३१ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौँमा ३४१८, भक्तपुर ११६७ र ललितपुरमा १९४६ सक्रिय संक्रमित छन्।पछिल्लो २४ घण्टामा नेपालमा ९९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।९ हजार ८४० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।