विप्लवद्वारा एमसीसी विरुद्ध आन्दोलनको घोषणा
काठमाडौँ २६ भदौ । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपाका नेता खड्गबहादुर विश्वकर्माले एमसिसी सम्झौता अघि नबढाउन ध्यानाकर्षण गराउने उदेश्यले पहिलो चरणको आन्दोलन घोषणा गरिएको जानकारी दिएका छन् ।
उनले आगामी भाद्र २८ गते काठमाडौंमा बृहत प्रदर्शन गर्ने जानकारी दिएका छन् । एकहप्ते आन्दोलनका कार्यक्रमपछि पनि एमसीसी अघि बढाए कडा आन्दोलन गर्ने उनले चेतावनी दिए ।
विश्वकर्माले एमसीसी अघि बढाउने मुर्खता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । यसअघिको एमाले नेतृत्वको बहुमतको सरकार भएपनि जनताको विरोध हुने भएकाले एमसीसीलाई ओलीले अघि नबढाएको हुनसक्ने उनले बताएका छन् । उनले एमसीसीलाई गठबन्धन सरकारले सदनमा लगे इतिहासकै ठूलो अपराध हुने जिकिर गरेका छन् ।