राहत बाड्दै मोडल छिरिङ शेर्पा
काठमाडौँ, २६, भदौ । मोडल, अभिनेत्री तथा ‘मिसेस नेपाल टुरिजम २०१९’की विजेता छिरिङ डोल्पा शेर्पाले दोलखाको कालिन्चोक गाउँपालिकास्थित लापिलाङका पहिरो पीडितका लागि राहत बाँडेकी छन् । उनले शुक्रबार लापीलाङ पुगेर स्थानीयलाई बिभिन्न राहत सामाग्री बाँडेकी हुन् ।
छिरिङ डोल्पा फाउण्डेसन र लायन्स क्लब अफ नेपाल शेर्पाजको सहकार्यमा त्यहाँ पुगेकी उनले ३५६ थान ब्याङ्केट, १०८ थान सुइटर, ४०० पिस माक्स र ४०० लिटर स्यानिटाइजर स्थानीयलाई वितरण गरेकी हुन् । सामाजिक संस्थाहरु राहत लिएर सो स्थानमा प्राय नपुग्ने गरेको समेत उनले बताइन् ।
‘बिभिन्न माध्यमबाट त्यहाँका स्थानीयको दुःख थाहा पाउँदा मन थाम्नै सकिन छिरिङले भनिन्, ‘जाडोको समय पनि नजिकिँदै गरेकोले अहिले ब्याङ्केट, सुइटर लगायत सामाग्री लिएर पुगेकी हुँ ।’ राहत वितरणमा कालिन्चोक गाउँपालिका–४ का स्थानीय सहदेव खड्काले सहजीकरण गरेका थिए ।
केही अगाडि राहतका रुपमा खाद्यान्न समेत बाँडेकी छिरिङले त्यहाँको स्थानीयका लागि अझै धेरै सहयोगको खाँचो रहेको बताइन् । पर्यटन र सांस्कृतिक सद्भावना दूत समेत रहेकी छिरिङले नेपालको पर्यटन प्रचारका लागि अमेरिकाको १२ राज्य भ्रमण गरेकी छन् । उनले केही अगाडि मात्र आमादब्लम हिमाल समेत आरोहण गरेकी थिइन् । पहिरोका कारण कालिन्चोक लापीलाङ क्षेत्रका थुप्रै बस्तीहरु संकटमा परेका छन् ।