नयाँ बसपार्कदेखि कुलेश्वरसम्म विष्णुमति करिडोर कालोपत्रे
काठमाडौँ। काठमाडौँको नयाँबसपार्कदेखि कुलेश्वरसम्म विष्णुमति करिडोर कालोपत्रे गरिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले विष्णुमति नदी किनारामा पर्खाल लगाउने तथा कालोपत्रेको काम शुरु गरेको हो ।
काठमाडौँको नयाँ बसपार्कदेखि कुलेश्वरसम्मको सडक मर्मत तथा कालोपत्रेको जिम्मा पाएको सिएम–पिआर जेभी निर्माण सेवाले नदी वरपर नयाँ पर्खाल लगाउने तथा कालोपत्रे गर्ने काम धमाधम गरिरहेको छ । निर्माण सेवाका इञ्जिनीयर महेश्वर खड्काले विसं २०७८ जेठ ७ गतेभित्र सम्पन्न गर्ने गरी नयाँबसपार्कदेखि कुलेश्वरसम्मको ३.५ किलोमिटर सडक निर्माण कार्य भइरहेको जानकारी दिए।
नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक सर्वेन्द्र खनालले विसं २०७६ चैत २१ गते उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रणका लागि कार्ययोजना तयार गर्दै उपत्यकाका मुख्य खोला किनारामा करिडोर निर्माणको काम अगाडि बढाएका थिए । सोही समयमा विष्णुमति करिडोरसँगै बालकुमारी पुल, गोपीकृष्ण पुल र भत्केको पुलमुनिको करिडोरसमेत सञ्चालनमा ल्याइएको थियो ।
नयाँबसपार्क–कुलेश्वर करिडोर निर्माणका लागि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको रु १३ करोड ४९ लाख २५ हजार ५४६ रकम खर्च हुनेछ । उक्त करिडोरमा नयाँ बसपार्क, शोभाभगवती, डल्लु, कुलेश्वरमा चारवटा अण्डरपास हुनेछन् ।