बजेट प्रतिस्थापन विधेयक; वैदेशिक ऋणको अंश घट्यो
काठमाडौँ २५ भदौ । अर्थमन्त्री जनार्दन शर्माले राजस्व लक्ष्य वृद्धि गरेका छन् ।चालू आर्थिक वर्षको बजेट अध्यादेश प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले राजस्व लक्ष्य २६ अर्ब रुपैयाँले बढाएका हुन् ।
चालू बर्षको बजेट अध्यादेशमार्फत ल्याउँदा निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले १० खर्ब २४ अर्ब ९० करोड रुपैयाँ लक्ष्य राखेका थिए। शर्माले संशोधनमार्फत राजस्व लक्ष्य १० खर्ब ५० अर्ब ८२ करोड रुपैयाँ पुर्याएका छन् ।
उनले आन्तरिक तथा वैदेशिक ऋणको अंश ३७ अर्ब रुपैयाँले घटाएको बताएका छन्।उनले यसपाली वैदेशिक ऋण २ खर्ब ८३ अर्ब ९ करोड र आन्तरिक ऋण २ खर्ब ३९ अर्ब लिने घोषणा गरेका छन् ।विष्णु पौडेलले वैदेशिक ऋण ३ खर्ब ९ अर्ब २९ करोड र आन्तरिक ऋण २ खर्ब ५० अर्ब रुपैयाँ लिने घोषणा गरेका थिए।