image
image

विद्युत व्यापारको ढोका खोलिदिन आग्रह गर्दै प्राधिकरणको टोली भारतमा  

काठमाडौँ २५ भदौ ।  नेपाल विद्युत प्राधिकरणको टोलीले भारतसँग विद्युत ब्यापारको ढोका खोलिदिन आग्रह गरेको छ । माथिल्लो तामाकोशी जलविद्युत परियोजनाले पूर्णक्षमता ४६५ मेगावाटमा व्यवसायिक उत्पादन शुरु गर्न लागेपछि वर्षायामको बिजुली खेर जाने अवस्था अउन नदिन भन्दै  प्राधिकरणको टोली भारतका विभिन्न ऊर्जासम्बद्ध निकायमा छलफलका लागि टोलीले पुगेका छन् ।

टोलीले भारतको विद्युत् मन्त्रालय तथा केन्द्रीय विद्युत प्राधिकरणका अधिकारीहरुसँग भेट गरेका छन् ।  त्यसबाहेक बिहार स्टेट पावर होल्डिङ कम्पनी लि. र नेपालसँग विद्युत व्यापार गरिरहेका एनभीभीएन विद्युत व्यापार कम्पनी लगायतका भारतीय कम्पनीहरुसँग छलफल गरेका छन्  ।

नेपालमा खपत हुन नसक्ने विद्युत् भारत र बंगलादेशमा बिक्रीका लागि भारतीय अधिकारीहरुसँगको सकारात्मक छलफल भएको घिसिङले बताएका छन्। माथिल्लो तामाकोसी र  भोटेकोसी आयोजनाको विद्युत वर्षायाममा भारतीय ऊर्जा एक्सचेन्ज बजारमा बिक्री गर्ने प्रस्ताव गरेको थियो । त्यसका लागि माग भएको आवश्यक कागजात पठाए पनि अहिलेसम्म भारत मौन रहेको छ  ।     
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।