image
image

ब्लड क्यान्सरबाट ग्रसित गायक राजु चौधरीको निधन

काठमाडौँ, २५, भदौ । बिर्तामोडको रेडियम ब्यान्डका गायक राजु चौधरीको निधन भएको छ । उनी ब्लड क्यान्सरबाट ग्रसित थिए  ।उनको शुक्रबार निधन भएको द स्याडोज नेपालका गायक स्वप्निल शर्माले जानकारी दिए । स्वप्निलले राजुको स्वास्थ्य अवस्थाबारे बारम्बार जानकारी दिँदै आएका छन् ।

राजुको उपचारका लागि आर्थिक सहयोग संकलन गर्ने अभियानलाई पनि स्वप्निलले नेतृत्व दिइरहेका थिए । हाल स्वप्निलले आर्थिक सहयोग बन्द गरिदिन आग्रह गरेका छन् ।

स्वप्निलका अनुसार राजुको बिहिबार राती रक्तचाप अत्यन्त न्यून भएको र सास फेर्न गाह्रो भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको रगतमा अत्यधिक संक्रमण भएका कारण औषधीले पनि राम्रोसँग काम गर्न सकेको थिएन ।  

राजुलाई थप उपचारका लागि १० दिन अघि भारतको दिल्लीस्थित बीएलके–म्याक्स अस्पताल पुर्याइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
100%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।