image
image

क्षमा पुजापछि पशुपतिनाथको मन्दिर आजबाट भक्तजनका लागि खुला

काठमाडौँ, २५, भदौ । कोरोना भाइरसका कारण बन्द गरिएको झण्डै ५ महिनापछि पशुपतिनाथ मन्दिरको मूल ढोका आजबाट भक्तजनहरुको लागि खुला गरिएको छ । बिहीबार क्षमा पूजा गरेपछि आज बिहानबाट पशुपतिनाथको मन्दिर भक्तजनहरुका लागि खुला गरिएको हो ।

कोरोना भाइरसको संक्रमणकै कारण बन्द रहेको  गुह्वेश्वरीतर्फका ढोका पनि खुला गरिएको छ । यसअघि कोरोना भाइरसको नयाँ भेरियन्ट पाइएपछि गत बैशाख १० गतेबाट पशुपतिको मूल ढोका बन्द गरिएको थियो । कोरोना महामारीकै कारण यसअघिसम्म भक्तजनहरुले पशुपतिको मूलथानमा पूजा गर्न पाएका थिएनन् ।

हाल मन्दिर खुला गरिएपनि भक्तजनहरुले कोरोना भाइरसका लागि बच्न अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड भने अपनाउनु पर्ने पशुपति बिकास कोषले जनाएको छ ।

जस्तै, पशुपति दर्शन गर्न जानेहरुले मास्क अनिवार्य लगाउनु पर्ने र भौतिक दुरी कायम गर्नुपर्नेछ । साथै एकै पटकमा २५ भन्दा बढी भक्तजनहरु प्रवेश गर्न पाउने छैनन् भने दर्शनका लागि प्रवेश गरेको ढोकाभन्दा अन्य ढोकाबाट निस्कीनु पर्नेछ । नेपालमा कोरोना भाइरसको पहिलो चरणको संक्रमण फैलिदै गर्दा पनि पशुपतिनाथको मन्दिर ९ महिनाका लागि बन्द गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।