image
image

विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दिने गरे घोषणा

काठमाडौँ २४ भदौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार १०८औँ बीपी स्मृति दिवसका सुन्दरीजलमा आयोजित कार्यक्रममा प्रवक्ता शर्माले आसन्न १४औँम महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । 

उम्मेदवारी घोषणपछि शर्माले बीपीले रोपेको कपुरको बोटनजिकै रूद्राक्षको बिरूवा रोपेका छन् । शर्माले पाार्टीलाई लगातार तीनवटा निर्वाचन जिताएर देशलाई नयाँ बाटो दिने सपना आफूसँग रहेको बताए ।

शर्मा १३औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । नेविसंघका पूर्वअध्यक्षसमेत रहेका शर्मालाई २०७४ सालको प्रदेश र संघमा नराम्रो पराजय ब्यहोरेपछि सभापति शेरबहादुर देउवाले प्रवक्ताको जिम्मेवारी दिएका थिए ।

यसअघि युवा नेता गगन कुमार थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थिए । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।