image
image

एमाले सांसदको रिट न्यायाधीश अनिल कुमार सिन्हाको इजलासमा 

काठमाडौँ २४ भदौ । नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले आफूहरुलाई नेकपा एकीकृत समाजवादीको सांसदमा कायम गराउन माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट पेसीमा चढेको छ । आज रिट सुनुवाइका लागि न्यायाधीश अनिल कुमार सिन्हाको इजलासमा पेसी तोकिएको छ । प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रिय सभा सदस्य भट्टले एकीकृत समाजवादीमा जने भन्दै हिजो सर्वोच्चमा रिट दिनुभएको थियो ।

आफूहरुले एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरेको भन्दै उहाँहरु सर्वोच्चमा जानुभएको हो । रिटमा उहाँहरुले अन्तरिम आदेशको माग पनि गर्नुभएको छ ।

रिटमा उनीहरुले मुद्दाको किनारा नलाग्दासम्म एमालेले गर्नसक्ने कारबाही रोक्न पनि माग गरिएको छ । निर्वाचन आयोगमा निवेदन दिँदा नाम उल्लेख नभएका पाण्डे र भट्ट पछि सनाखतको समयमा भने उपस्थित भएका थिए । आयोगले सुरुको निवेदनमा नाम नभएको भन्दै सनाखत गर्न अस्वीकार गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।