image
image

असोज १५ मा एनआईबिएल एस क्यापिटलको साधारणसभा आह्वान

काठमाडौँ  २४  भदौ । एनआईबिएल एस क्यापिटल  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज १५ गतेशुक्रबार लाजिम्पाट स्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो। 

कम्पनीको सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७र७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २६ प्रतिशतल हुन आउने ७ करोड २ लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  । एनआईबिएल एस क्यापिटल नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी भएकोले बैंकले यो लाभांश पाउने छ । 

त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, संचालकको कार्यकाल सकिन लागेको हुँदा हालका संचालकलाई नै फेरी नियुक्त गर्ने, लगायतका प्रस्ताव पेश हुने छ। त्यस्तै विशेष प्रस्तावमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको ४ लाख २४ हजार खर्च अनुमोदन गर्ने प्रस्ताव पेश हुने छ  । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।