image
image

बंगलादेशको राष्ट्रिय टोलीसँग नेपालको पहिलो मैत्रीपूर्ण फुटबल खेल आज

काठमाडौँ  २४  भदौ । नेपालले बंगलादेशको राष्ट्रिय टोलीसँग पहिलो मैत्रीपूर्ण खेल आज खेल्दैछ । यो खेल साँझ ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ । नेपाल र बंगलादेश दुवै एएफसी महिला एसियन कप छनोटको तयारीमा छन् । तयारीलाई अन्तिम रुप दिन बंगलादेश २ मैत्रीपूर्ण खेलका लागि नेपाल आएको हो । अर्को खेल आइतबार हुनेछ ।

भारतमा सन् २०२२ मा हुने महिला एसियन कपमा छनोट हुन नेपालले उज्वेकिस्तानमा असोजमा हुने छनोट प्रतियोगिता पार गर्नुपर्नेछ । नेपालले असोज ३ गते फिलिपिन्स र असोज ५ गते हङकङसँग खेल्दैछ ।

नेपाली टोलीमा कीर्तिमानी स्ट्राइकर सावित्रा भण्डारीको अनुपस्थिति विपक्षीका लागि केहि सहज हुनेछ । बंगलादेशका प्रशिक्षकले बुधबारको पत्रकार सम्मेलनमै यो कुरा बताइसकेका छन् ।

नेपालका प्रशिक्षक ग्यारी फिलिप्सले सावित्रा नहुँदा घाटा हुने भए पनि टिमका अन्य खेलाडीले राम्रो अवसर पाएको बताए । उनले आफ्ना सबै खेलाडी उत्कृष्ट रहेको दावी गरे । एसियन कप छनोटमा बंगलादेश समूह जी मा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।