image
image

पोखरामा पुग्यो डिशहोम फाइबरनेट सेवा, ग्रामीण क्षेत्रमा पनि छिट्टै सेवा पुर्याइने       

काठमाडौँ, २३, भदौ । डिश मिडिया नेटवर्कले (डिश होम)ले पोखरामा डिशहोम फाइबरनेटको औपचारिक सुरुवात गरेको छ । कम्पनीले आज भदौ २३ गते नयाँबजारस्थित भट्टराई एण्ड ब्रदर्स सप्लायर्स प्रा।लिमा पोखरामा सञ्चालनमा आएको फाइबरनेटको उद्घाटन उद्योग बाणिज्य संघका अध्यक्षले नारायण कोइरालाले गरे । 

कार्यक्रममा डिश होमका तर्फवाट एरिया सेल्स मेनेजर, सेल्स अफिसर, टेक्निकल व्यक्तित्वहरू, पत्रकार, डिलर, समाजसेवी, बुद्धिजिवीहरूको सहभागिता रहेको थियो । 

उक्त कार्यक्रममा भट्टराई एण्ड ब्रदर्स सप्लायर्स प्रा।लि।का अध्यक्ष अम्बिका मोहन भट्टराईले डिशहोम फाइबरनेटको औचित्य प्रष्ट पारे ।

उनले भने “डिश होमले इन्टरनेटमा गरेको लगानीले अब नेपालमा इन्टरनेट क्रान्ति सुरु भयो । सस्तो सर्वसुलभ र गुणस्तरीय इन्टरनेट सेवा हरेक ग्राहकहरुलाई थप सेवा सुबिधा सहित आजबाट जडान हुनेछ भने १० एमबिपिएसदेखि ग्राहकको रोजाइ अनुसार १०० एमविपिएससम्मको प्याकेज उपलब्ध रहेको छ । 

सहरी क्षेत्रमा सुरु गरेको डिशहोम फाइबर नेटले आफ्नो सेवालाई ग्रामीण क्षेत्रका ग्राहकलाई पनि छिट्टै उपलब्ध गराउने एरिया सेल्स म्यानेजर प्रदिप सुवेदीले प्रतिबद्धता जनाए । डिशहोम फाइबरनेटसँगै अन्य सेवा पनि छिट्टै सुरु हुने उनले बताए । 

भट्टराई एण्ड ब्रदर्स कम्पनीले गण्डकी र धवलागिरी क्षेत्रमा डिशहोम र डिस होम फाइबर नेटइन्टरनेट तथा विभिन्न उच्चस्तरिय ब्राण्ड्का इलेक्ट्रोनिक तथा अटोमोबाइल्सका सामानहरुको बिक्री वितरण गर्दै आएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।