image
image

११ लाख रुपैयाँसहित भारतीय पक्राउ

काठमाडौँ, २३, भदौ । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट स्रोत नखुलेको ११ लाख नेपाली रुपैयाँसहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत पश्चिम बंगाल हाउडा घर बताउने १९ वर्षीय सोविक आदक छन्।उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ।

उनी धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा४ख ४४५० नम्बरको बसमा थिए।

प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई झोलामा लुकाएर ल्याएको उक्त स्रोत नखुलेको नगदसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।