image
image

अभिनेत्री ऋचा शर्मालाई पुत्रलाभ

काठमाडौँ, २३, भदौ । अभिनेत्री ऋचा शर्मा आमा बनेकी छन् । उनलाई पुत्रलाभ भएको छ । थापाथालीस्थित नर्भिक अस्पतालमा बुधबार बिहान ७ बजेर ५२ मिनेटमा उनले छोरालाई जन्म दिएकी हुन् ।

शल्यक्रियाबाट प्रसूति गराइएको आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको नर्भिकका प्रवक्ता सोमनाथ बास्तोलाले बताए । बच्चाको तौल तीन केजी १४० ग्राम रहेको पनि उनले जानकारी दिए ।

ऋचाले डेढ वर्षअघि लाबिम मलका म्यानेजर दीपेक्ष्यविक्रम राणासँग विवाह गरेकी थिइन् । ‘टलकजंग भर्सेस टुल्के’, ‘भिसा गर्ल’, ‘उमा’जस्ता चलचित्रमा जीवन्त अभिनय गरेकी ऋचा पछिल्लो समय ‘कमेडी च्याम्पियन’मा निर्णायकको रूपमा जोडिएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।