image
image

गठबन्धन फुटाउन एमसीसी उपयोग हुँदैछ : प्रचण्ड

काठमाडौँ, २३, भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमसीसीलाई हतियार बनाएर गठबन्धन फुटाउने षडयन्त्र भइरहेको दाबी गरेका छन् ।

सुरेश वाग्ले बासु र भीमसेन पोखरेल वैरागीको २३औँ स्मृतिमा बुधबार आयोजित कार्यक्रममा बोल्दै दाहालले अमेरिकी सहायत परियोजना (एमसीसी) लाई उचालेर गठबन्धन फुटाउने प्रयत्न जोडदाररूपमा भइरहेको बताए ।

‘एमसीसी प्रयोग गरेर सत्तारुढ गठबन्धन फुटाउने षड्यन्त्र भइरहेको छ, उनले भने, ‘देशभित्र र बाह्य केही शक्ति केन्द्र हात धोएरै यसमा लागेका छन् ।

उनले यथास्थितिमा एमसीसी पारित नहुने अडान फेरि एक दोहोर्‍याएका छन् । अस्पष्ट विषयबारे प्रष्ट पार्न अमेरिकालाई पत्र पठाइएकाले त्यसमा उसले दिने जवाफमा धेरै कुरा भर पर्ने उनको भनाइ छ ।

माओवादी केन्द्रलाई घेरा हालेर सिध्याउने षड्यन्त्र पनि भइरहँदा पार्टीलाई रुपान्तरण गर्न नेतृत्वले दबाब सिर्जना गर्ने अवस्था आएको पनि उनले गुनासो गरे ।

क्रान्ति गर्छौं भन्नेहरु नै प्रतिक्रान्तिकारी भएको र  गुट बनाउँदै लालचमा फसेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।