image
image

राजनीतिमा आए देउवाका छोरा जयवीरसिंह

काठमाडौँ, २३, भदौ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा पनि राजनीतिमा आएका छन्।

जयवीरले यसपालि कांग्रेसको क्रियाशील सदस्यता लिएका छन्। डडेल्धुराबाट जयवीरले क्रियाशील सदस्यता लिएका हुन्। डडेलधुरा देउवाको गृह जिल्ला हो।

डडेल्धुराको प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा क्षेत्र (ख) मा पर्ने गन्यापधुरा गाउँपालिका वडा नम्बर १ बाट यसपालि जयवीर पनि क्रियाशील सदस्य छन्।

उक्त वडाको नयाँ क्रियाशील सूचीको १६६ नम्बरमा जयवीरको नाम छ। कांग्रेसबाटै निर्वाचित गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष चेतराम भट्टले जयवीर पनि क्रियाशील सदस्य रहेको बताए।

उहाँको नाम यसपालि क्रियाशील सदस्यको सूचीमा आएको छ, उनले सेतोपाटीसँग भने, क्रियाशील सदस्यताका लागि उहाँको नाम वडाबाटै सिफारिस भएर गएको थियो।

उनकाअनुसार जयवीर गाउँ भने आएका छैनन्। भदौ १८ मा अधिवेशन गर्ने भने पनि २५ गतेका लागि सारिएको भट्टले बताए।‘भदौ २५ मा वडा अधिवेशन गर्ने भनेका छन्, उनले भने, ‘जयवीरलाई पनि क्षेत्रीय प्रतिनिधि पठाउनेबारे छलफल भइरहेको छ। वडाबाट क्षेत्रीय प्रतिनिधि चयन भए भने जयवीर यसपालि महाधिवेशन प्रतिनिधि आउने सम्भावना रहन्छ।

कांग्रेस सभापति देउवाको क्रियाशील सदस्यता पनि गन्यापधुरा वडा नम्बर १ बाटै छ।सभापतिज्यूको पनि यहीँबाटै नाम छ। उहाँका छोरा जयवीर पनि यसैपालि क्रियाशील हुनुभयो, भट्टले भने।सभापति देउवा भने क्षेत्रीय प्रतिनिधि हुँदै महाधिवेशन प्रतिनिधि भइराख्नु पर्दैन। पदाधिकारी र केन्द्रीय सदस्य स्वतस् महाधिवेशन प्रतिनिधि हुने गरी कांग्रेसले विधान बनाएको छ।

क्रियाशील सदस्य बनेसँगै जयवीर सक्रिय राजनीतिमा आउने अनुमान गरिएको छ। २६ वर्षीय जयवीरले यसअघि बेलायतमा पढिरहेका थिए। युनिभर्सिटी अफ योर्कबाट उनले राजनीति शास्त्रमा एमए गरेका छन्। कांग्रेसमा यसपालि ९ लाख क्रियाशील सदस्य छन् तीमध्ये तीन लाख हाराहारीमा युवाहरू समेटिएका छन्।

डडेल्धुरा कांग्रेस सभापति कर्णबहादुर मल्लले पनि जयवीर यसपालि क्रियाशील सदस्य भएको बताए।राजनीतिमा आउन नै उहाँ क्रियाशील सदस्य हुनुभएको होला, उनले भने।

सभापति मल्लका अनुसार डडेलधुरामा जिल्लाबाट नाम पठाइएका पाँच सय जनाको नाम क्रियाशीलको सूचीबाट हटाइएको पाइएको छ। यसमा आफूहरूले विरोध गरेको मल्लले बताए।केन्द्रीय सभापतिले नै हस्तक्षेप गरेर पाँच सय जनाको नाम हटाइएको र तीन सय जना नयाँ थपिएको पाइएको छ। अधिवेशनबारे यहाँ विवाद छ,उनले भने।

निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले भदौ २५ मा वडा अधिवेशन हुने सूचना निकालेका छन् भने सभापति मल्लले अधिवेशन हुन नसक्ने विज्ञप्ति निकालेका छन्। निर्वाचन अधिकृत बमले एकपक्षिय ढंगले काम गर्ने गरेकोमा अधिवेशन स्थगित गर्नु परेको सभापति मल्ल बताउँछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।