image
image

अब विद्युत् प्राधिकरणमा आवेदन खल्तीबाट शुल्क तिर्न सकिने

काठमाडौँ २२ भदौ । खल्ती डिजिटल वालेटले नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदका लागि माग गरेको आवेदनको फारम शुल्क खल्तीबाट सजिलै तिर्न सकिने सेवा विस्तार गरेको छ ।


आवेदकहरूले विभिन्न पदको लागि प्राधिकरणको आधिकारिक वेबसाइटबाट आवेदन फारम भरी त्यसमा लाग्ने दस्तुर खल्तीबाट भुक्तानी गर्न सक्नेछन् ।

कार्यालयमा धाइरहनुपर्ने वा लाइनमा घण्टौं बस्नुपर्ने झन्झटलाई डिजिटल भुक्तानीको माध्यमद्वारा न्यूनीकरण गर्ने हेतुले उक्त सेवा सञ्चालनमा ल्याएको खल्ती डिजिटल वालेटका प्रबन्धक जोनाम भुर्तेलले बताए ।

प्राधिकरणको आधिकारिक वेबसाइटबाट विभिन्न पदको लागि अनलाइन फारम भरिसकेपछि पेमेन्ट विकल्पमा खल्ती छनोट गरी त्यसमा लाग्ने शुल्क भुक्तानी गर्न सकिन्छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।