image
image

बन्दुक बनाउने कारखानाका सञ्चालक पक्राउ

काठमाडौँ २२ भदौ । मोरङको बेलबारीमा प्रहरीले 'बन्दुक बनाउने कारखाना' फेला पारेर त्यसका सञ्चालकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बेलबारी नगरपालिका-१ स्थित ५२ वर्षीय आशबहादुर लिम्बूले आफ्नै घरमा कारखाना सञ्चालन गर्दै भरुवा बन्दुक बनाएर बेचबिखन गर्दै आएको फेला परेको हो।

अवैध रूपमा हातहतियार बनाएर बिक्री/वितरण गर्ने बेलबारी प्रहरीले लिम्बूको घरमा छापा मार्दै बन्दुक, बन्दुक बनाउन प्रयोग गरिने सामग्री, विष्फोटक पदार्थ र वन्यजन्तु हरिणको अंगसहित लिम्बूलाई आइतबार साँझ पक्राउ गरेको हो।उनले जंगलमा गएर सिकार गर्नेलाई भरुवा बन्दुक बनाउँदै बिक्री/वितरण गर्ने गरेको खुलेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।