image
image

चाडपर्व लक्षित गरि असोज १ देखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने

काठमाडौँ, २२, भदौ । आगामी असोज १ गतेदेखि सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ । खासगरी, हिन्दु नेपालीको महान पर्व दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी विगतका वर्षहरुमा जस्तै यो वर्ष असोज १ गतेदेखि सुपथ मुल्य पसल सञ्चालनमा आउने भएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आगामी १ असोजदेखि सुपथ मूल्य पसल सञ्चालन गर्नका लागि तयारी गरिएको जानकारी दिएको छ । मन्त्रालयका सचिव दिनेश भट्टराईले चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको जानकारी दिए ।

सुपथ पसलमार्फत चिनी, नुन, चामल, गेडागुडी र खसीबोकामा उपभोक्तालाई छुट दिइने उनले जानकारी दिए । मन्त्रालयका अनुसार चिनीमा प्रतिकेजी ५ रुपैयाँ, नुनमा प्रतिकेजी २ रुपैयाँ, चामलमा प्रतिकेजी ५ रुपैयाँ, गेडागुडी र खसीबोकामा प्रतिकेजी १० रुपैयाँ छुट दिइने छ । छुट पसल सञ्चालनका लागि तयारी भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत उपभोक्तालाई राहत दिनका लागि छुट दिएर सामान बिक्री गरिने छ । सुपथ मूल्य पसलमा दुई कम्पनीले आफ्ना उत्पादन बिक्री गर्ने छन् । यस्तै दुग्ध विकास संस्थान ९डीडीसी०ले पनि सुपथ पसलमा आफ्ना उत्पादन बिक्री गर्ने तयारी गरेको छ । डीडीसीले घिउ, पनिरलगायतका उत्पादन सूपथ पसलमा राख्ने तयारी गरेको छ ।

दसौंमा अत्यावश्यक वस्तुमा छुट दिनका लागि मन्त्रालयले खाद्य कम्पनीलाई एक करोड ७५ लाख र कर्पोरेसनलाई एक करोड ५० लाख रुपैयाँ छुट्याएको छ । चाडपर्वमा दैनिक उपभोग्य वस्तुको खपत बढी हुने हुँदा उपभोक्तालाई राहत दिनका लागि सरकारले प्रत्येक वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । कम्पनी र कर्पोरेसनका उपत्यकासँगै मुलुकभर रहेका आफ्ना बिक्री केन्द्रमार्फत छुट मूल्यमा खाद्यान्न बिक्री गरिनेछ ।

डपर्वमा दैनिक उपभोग्य वस्तुको खपत बढी हुँदा निजी क्षेत्रले अस्वाभाविक मूल्य लिई उपभोक्ता ठग्न सक्ने भन्दै सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । दशैंमा निजी क्षेत्रले पनि सुपथ मूल्यमा सामान बिक्री गर्ने गर्छन् । १ असोजदेखि सुरु गरिएको सुपथ मूल्य पसल छठसम्म सञ्चालन हुने मन्त्रालयले जानकारी दिएको छ ।

यसैबीच दसैंलाई लक्षित गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तीन हजार खसीबोका खरिद गर्ने भएको छ । उपभोक्तालाई राहत दिनका लागि कम्पनीले विभिन्न जिल्लाबाट खसीबोका खरिद गरेर सुपथ मूल्यमा बिक्री गर्नेछ ।

दसंैमा खसीबोकाको खपत धेरै हुने हुँदा निजी क्षेत्रका व्यवसायीले मनपरी मूल्य लिई उपभोक्ता ठग्न सक्ने हुनाले बजार मूल्य नियन्त्रण गर्नका लागि कम्पनीले प्रत्येक वर्ष खसीबोका खरिद गरेर सुपथ मूल्यमा बिक्री गर्ने गरेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।