image
image

बाली तथा पशु बीमामा दिने अनुदान ७५ प्रतिशत नै कायम रहन्छः मन्त्रालय

काठमाडौँ, २२, भदौ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बाली तथा पशु बीमाको प्रिमियम शुल्कमा दिने अनुदान ७५ प्रतिशत नै कायम हुने जनाएको छ । किसानलाई उत्पादनमा प्रोत्साहन र सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले ल्याएको बाली तथा पशुबीमा कार्यक्रमलाई प्रभावकारी बनाउने मन्त्रालयले जनाएको छ ।

यसअघि केपी शर्मा ओली सरकारले बजेटमार्फत बाली तथा पशु बीमा शूल्कबापत किसानले पाउँदै आएको ७५ प्रतिशत अनुदान ५० प्रतिशतमा झारेको थियो । सरकारको उक्त कदमको किसान र विभिन्न किसानका संघ संगठनबाट विरोध हुँदै आएको थियो ।

किसानलाई कृषिमा आकर्षित गर्ने सरकारको महत्वपूर्ण अस्त्र नै बीमा हो । किसानलाई प्रोत्साहित गर्नुपर्ने ठाउँमा उल्टै पाउँदै आएको सुविधा कटौती हुँदा सरकारको आलोचना समेत भएको थियो ।

.मन्त्रालयका सहसचिव प्रकाशकुमार सन्जेलले बाली तथा पशु बीमा शुल्कमा दिइने अनुदान ७५ प्रतिशत नै कायम हुने बताए ।

नयाँ बजेट छलफल भइरहेका बेला मन्त्रालयले पनि यो बिषयलाई लिखित रुपमै ७५ प्रतिशत नै कायम हुने गरी पत्र पठाएको उनले बताए । पशुपंक्षीतर्फ बीमाको आकर्षण बढे पनि बालीतर्फ भने दाबी भुक्तानीको दायर बिस्तार हुन सकेको छैन् । 

विगतको कतिपय कार्यक्रम हेरफेर गरी नयाँ बजेटको तयारीमा सरकार छ । अब आउने बजेटमा ७५ प्रतिशत नै बीमा शुल्क अनुदानको व्यवस्था गर्न सिफारीस गरिएको सन्जेलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।