image
image

संखुवासभा हत्या प्रकरणको अनुसन्धानमा सीआईबीको टोली पनि

काठमाडौँ, २२, भदौ। संखुवासभामा भएको सामूहिक हत्या प्रकरणको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पनि खटिएको छ । घटना रहस्यमय भएको भन्दै अनुसन्धानका लागि प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सीआईबी टोली पनि पठाएका हुन् ।

सीआईबी स्रोतका अनुसार सीआईबीका एक जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा टोली संखुवासभा पठाइएको छ । टोलीले प्राविधिक विश्लेषण र अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय, संखुवासभालाई सहयोग गर्नेछ । घटनाको अनुसन्धानमा संघीय प्रहरी इकाइ कार्यालय, धरानका एसपी भीम दाहाल पनि खटिएका छन् ।

प्रदेश नं.१ प्रहरी कार्यालयले रिजनल इन्भिेस्टिगेटिभ टिम (आरआईटी) पनि खटाएको छ । सोमबार बेलुकी डग स्निफिङ गरिसकेर प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान थालेको छ ।

सोमबार बिहान मादी नगरपालिका–१, उमलिङको खोला गाउँमा बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको थियो । घटनामा आँखा कम देख्ने र कान कम सुन्ने ९३ वर्षीया बौद्धमान सकुशल छन् ।

हालसम्म अनुसन्धानमा प्रहरीले ठोस प्रगति हात पारिसकेको छैन । मृतक परिवारले झापामा जग्गा किन्नका लागि पैसा जम्मा गरेर घरमा राखेको आशंका गरिएको छ । त्यही पैसाका कारण घटना भएको हुनसक्ने अनुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।