image
image

दार्चुलामा हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी

काठमाडौँ, २२, भदौ। दार्चुलाको ब्याँस र दुहुँ गाउँपालिकामा नेपाली सेनाको हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी भइरहेको छ । खाद्यान्न अभाव भएको व्याँस–२ माल र बाढी प्रभावित क्षेत्र दुहुँको लागि खाद्यान्न ढुवानी भइरहेको हो ।  ब्याँस गाउँपालिकाको मालको लागि ५० क्विन्टल खाद्यान्न ढुवानी हुने जनाइएको छ ।

 गत साउन १५ गते महाकाली नदी माथि लगाइएका तुइन भारतीय एसएसबीले काटिदिएपछि माल गाउँमा खाद्यान्न अभाव भएको थियो । एसएसबीले तुइन काटिदिदा मालका ३३ वर्षीय युवक जयसिंह धामी महाकालीमा बेपत्ता भएदेखि नै सो क्षेत्रमा खाद्यान्न ढुवानी हुन सकेको छैन । 

यस्तै दुहुँ गाउँपालिकामा भदौ १३ गते आएको बाढी पहिरोले बाटोघाटो नहुँदा खाद्यान्न अभाव हुने देखिएपछि हेलिकप्टर मार्फत खाद्यान्न ढुवानी हुन लागेको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए । दुहुँको लागि १ सय क्विन्टल चामल, ३ क्विन्टल दाल, तेल र नुन, ३ हजार ५ सय मिटर खानेपानीको पाइप हेलिकप्टरमार्फत ढुवानी भइरहेको उनले बताए । 

ब्याँस र दुहुँ गाउँपालिकाको व्यवस्थापनमा गृह मन्त्रालयले हेलिकप्टरमार्फत सामान ढुवानी गरिरहेको हो । बाढी तथा पहिरोले दुहुँ र व्याँस क्षेत्रमा सडक अवरुद्ध भएपछि सामान ढुवानी हुने अवस्था छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।