आज निजामती कर्मचारी दिवस, ४० कर्मचारीलाई पुरस्कृत गरिँदै
काठमाडौँ, २२, भदौ । आज निजामती कर्मचारी दिवस विविध कार्यक्रम गरेर मनाइँदैछ ।व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’भन्ने नाराका साथ निजामती सेवा दिवस मनाइँदै छ । विसं २०१३ भदौ २२ गते पहिलो निजामती सेवा ऐन जारी गरिएका अवसरमा २०६१ सालदेखि यो दिवस मनाउन थालिएको हो ।
यसैबिच निजामती सेवा दिवस, २०७८ का अवसरमा आजै ४० कर्मचारीलाई पुरस्कृत गरिने भएको छ । पुरस्कृतमध्ये १० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको छ भने ३० जनालाई निजामती सेवा पुरस्कारबाट सम्मानित गरिने भएको हो ।