image
image

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ२१, भदौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ माछापोखरी बस्ने ५६ वर्षीय शिवराम गजुरेल रहेका छन् ।

उच्च अदालत पाटनको २०७८ असार २८ गतेको फैसलाले गजुरेललाई ७ दिन कैद र १३ लाख ५० हजार जरिवाना सुनाएको थियो ।

ब्यूरोले महाराजगञ्जबाट खटिएको प्रहरीले गजुरेललाई बालाजु शेषमतीपुल काठमाडौंबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका गजुरेललाई आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्‍ने जानी जानी झुक्याएर हाम्रो विकास बैंकको चेक आ(आफ्नो खाताबाट भुक्तान हुने गरी पीडितहरूलाई दिएका थिए।

बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा ठहर गरी उच्च अदालत पाटनले उक्त सजाय हुने गरी फैसला सुनाएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।