बल्खु तरकारी बजार हेर्दाहेर्दै डुब्यो
काठमाडौँ, २१, भदौ। गएराति परेको अविरल वर्षाको कारण आएको बाढीले बल्खु तरकारी बजारमा करिब एक करोडको क्षति भएको अनुमान सञ्चालकले गरेका छन् । तरकारी बजारमा बाढी पसेर पुरै ध्वस्त भएको भन्दै तत्काल खुल्ने अवस्था नरहेको पनि बल्खु तरकारी बजारका सञ्चालक मोहन बस्नेतको भनाइ छ ।
बजारमा प्रारम्भिक रुपमा एक करोड रुपैयाँको क्षति भएको अनुमान गरेका छौं । बजार ध्वस्त छ । तुरुन्तै सञ्चालनमा आउन सक्ने अवस्था छैन ।
बजारमा प्रारम्भिक रुपमा एक करोड रुपैयाँको क्षति भएको अनुमान गरेका छौं । बजार ध्वस्त छ । तुरुन्तै सञ्चालनमा आउन सक्ने अवस्था छैन ।









