image
image

पचास महिलालाई लेखापढी तालिम दिइँदै

काठमाडौँ, २१, भदौ । सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिकाले महिला लेखापढी उत्पादनमा जोड दिएको छ । नगरपालिकाले ५० जना महिलालाई तालीम दिएर लेखापढी उत्पादनमा जोड गरेको हो । नगरपालिकाको न्यायिक समितिले आइतबारदेखि महिला स्वरोजगार कार्यक्रमसँग जोड्नका लागि महिलालाई सो तालीम दिन सुरु गरेको हो ।

तालीम सम्पन्न भएपछि जिल्ला अदालत सुर्खेतले लेखापढी परीक्षा सञ्चालन गर्ने र उक्त परीक्षा उत्तीर्ण गर्नेलाई प्रमाणपत्र उपलब्ध गराइने नगरपालिका उपप्रमुख मोहनमाया ढकालले बताइन् । महिलालाई लेखापढी व्यवसायमा सक्षम बनाउने उद्देश्यले कर्णाली प्रदेशमै पहिलोपटक यो तालीम दिइएको उनको भनाइ छ । ‘महिलाहरू पनि लेखापढी व्यवसाय गर्न सक्षम छन् भन्ने देखाउन हामीले यो तालीमको आयोजना गरेका हौं ।

नगरउपप्रमुख ढकालले इकागजसँग भनिन्, ‘अहिले बेरोजगार रहेका नगरक्षेत्रका महिलाहरू तालीमपश्चात् स्वरोजगार बन्नुहुनेछ । यो तालीम महिला स्वरोजगारसँग जोडिएको हुँदा नगरपालिकाका महिलालाई आत्मनिर्भर बनाउन भूमिका निर्वाह गर्ने हाम्रो विश्वास छ ।

नेपाल कानुन समाजका वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा, नगरपालिकाका कानुनी सल्लाहकार तथा वरिष्ठ अधिवक्ता कृष्णबहादुर हमाल, वैतनिक वकिल गीता कोइरालालगायतले गराएको सो तालीम तीन दिनसम्म चल्ने नगरपालिकाले जनाएको छ । कर्णाली प्रदेशमै पहिलोपटक यो संख्यामा महिला लेखनदास बनाउन लागिएको नगरपालिकाको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।