उपत्यकामा थप ४५३ जनामा कोरोना संक्रमण
काठमाडौँ २० भदौ । काठमाडौँ उपत्यकामा थप चार सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार उपत्यकामा चार सय ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। काठमाडौँमा दुई सय ८८, ललितपुरमा ९८ र भक्तपुरमा ६७ जना कोरोना संक्रमित थपिएका हुन्।
योसँगै काठमाडौँ उपत्यकामा सात हजार पाँच सय ८९ जना सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौँ जिल्लामा चार हजार १९८, ललितपुरमा दुई हजार ७५ र भक्तपुरमा एक हजार ३१६ सक्रिय संक्रमित छन्।
योसँगै काठमाडौँ उपत्यकामा सात हजार पाँच सय ८९ जना सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौँ जिल्लामा चार हजार १९८, ललितपुरमा दुई हजार ७५ र भक्तपुरमा एक हजार ३१६ सक्रिय संक्रमित छन्।