image
image

मलेसियाबाट शनिबार एकैपटक ल्याईयो यति धेरै शव  

काठमाडौँ  २० भदौ । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसियाबाट २० नेपालीको शव र अस्तुु एकै पटक आइपुगेको छ । वैदेशिक रोजगारीको सिलसिलमा मलेसियामा विभिन्न कारणले मृत्यु भएका आठ जनाको शव र १२ जनाको अस्तु शनिबार नेपाल ल्याइएको हो ।

बोर्डका अनुसार कोभिड–१९ पछि मलेसियामा नियमित उडान नभएका कारण रोकिएका शव एकै पटक सङ्कलन गरेर ल्याउने गरिएको छ । बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीका अनुसार कोभिडका कारण मृत्यु हुनेको अस्तुु मात्रै ल्याइएको छ भने अन्य कारणले मृत्यु भएका श्रमिकको शव ल्याइएको छ ।


मलेसियास्थित नेपाली दूतावासको तथ्यांकअनुसार गएको महिना अगस्टमा मात्रै मलेसियामा १ सय १२ जना नेपालीको मृत्यु भएको छ । त्यसमध्ये ९६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो भने हृदयाघात, सवारी दुर्घटना, अत्याधिक मदिरा सेवन, शरीरमा जटिल रोगले १६ जना नेपालीको मृत्यु भएको जनाइएको छ ।
 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।