कृषि मन्त्रालयका ६ जना सहसचिवको सरुवा
काठमाडौँ, २०, भदौ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका ६ जना सहसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कृषि तथा पशुपंक्षीतर्फका ६ जना सहसचिवको सरुवाको नामावली तयार पारेको हो ।
जसमध्ये कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव हरि बहादुर केसीको सरुवा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, लुम्बिनी प्रदेशमा भएको छ । त्यस्तै, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका परियोजना निर्देशक वैकुण्ठ अधिकारीको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बागमती प्रदेश, र
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बागमती प्रदेशकी मतिना जोशी वैद्यको सरुवा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा भएको छ ।
यता, रिड परियोजनाका परियोजना निर्देशक हस्तबहादुर विष्ट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नंं। १, कृषि विभागकी उपमहानिर्देशक जानुका पण्डित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश र पशु सेवा विभागकी उपमहानिर्देशक नम्रता सिंह भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं.२ मा सरुवा भएको छ ।
मन्त्रालयले दोस्रो पटक ५८ जना सहसचिवको सरुवा गरेकोमा ६ जना कृषि मन्त्रालयअन्र्तगतका सहसचिव रहेको जनाइएको छ ।