नक्कली भनिएको सुन फिर्ता गर्यो महालक्ष्मी विकास बैंकले
काठमाडौँ, २०, भदौ । महालक्ष्मी विकास बैंकले सुन नक्कली रहेछ दिन मिल्दैन भनिएको ऋणीको सुन फिर्ता गरेको छ । यसअघि बैंकले ऋणीले सम्पूर्ण रकम चुक्ता गरिसक्दा पनि धितोमा राखेको सुन नक्कली भएको भन्दै फिर्ता दिन नमानिएको थियो
।
केहि दिन अघि समाचार प्रकाशित भएसंँगै महालक्ष्मी विकास बैंकले ऋणीलाई बोलाएर सुन फिर्ता दिएको छ । ‘शुक्रवार ऋणीले कर्जाको सम्पूर्ण साँवा व्याज भुक्तानी गरी धितोमा राखिएको सुन बुझिलिनु भएको व्यहोरा जानकारी गराउँदछौं । बैंक आफ्ना ग्राहकहरूप्रति सधैं संवेदनशील रहने र भविष्यमा पनि ग्राहक महानुभावहरुको हितलाई मध्यनजर गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दर्छौ,’ बैंकले विज्ञप्तिमार्फत भनेको छ ।
कुमारीपाटी शाखामा सुन धितो राखेर कर्जा लिएकी ललितपुर, ईमाडोलकी विष्णु महर्जनले कर्जा चुक्ता गरेपनि धितो फिर्ता लिन केही ढिलोमात्रै भएको बैंकको दावी छ।
महर्जनले २०७२ मा ऋण लिँदा २५ तोला सुन धितोमा राखेर १५ लाख ऋण लिएकी थिइन् । ५ वर्षपछि ऋण चुक्ता गरेर सुन फिर्ता माग्दा बैंकले सुन नक्कली भएको जवाफ दिएको थियो ।
धितोमा राखेको सुन पाँच वर्षपछि कुमारीपाटी शाखाका प्रबन्धक सुनिल कुमार नेपालले ‘नक्कली’ भनेर फिर्ता दिन अस्वीकार गरेपछि महर्जनले महानगरीय प्रहरी परिसर ललितपुरमा उजुर समेत गरेकी थिइन् ।
पहिला सुन फिर्ता गर्न मिल्दैन भनेको बैंकले शुक्रबार आफूलाई बोलाएर फिर्ता दिएको महर्जनले बताइन् ।