पहिरोका कारण नागढुङ्गा–नौबिसे सडक खण्डको यात्रा कष्टकर बन्दै
काठमाडौँ, २०, भदौ । ठाउँठाउँमा पहिरो गएकाले नागढेङ्गा–नौबिसे सडक खण्डको यात्रा कष्टकर बन्न थालेको छ । बर्खा लागेसँगै ठाउँठाउँमा पहिरो जाँदा सडक खण्ड अस्तव्यस्त बनेको छ । सामान्य पानि पर्दा समेत पहिरो झरेर सडक बन्द हुने गरेको छ । पहिरो पन्छएर सडक खुलाए पनि हेभी र ठुला गाडीको धेरौ ओहोरदोहोर हुने भएकोले जाम हुने गरेको छ ।
यसअघि यो सडक खण्डलाई फराकिलो पारिए पनि अहिले पहिारोका कारण सडक फेरि साँघुरिएको छ । यसले गर्दा एउटा गाडी बिग्रिए पनि यात्रु लामो जाममा बस्नु पर्ने बाध्यता छ । यसले गर्दा नागढुङ्गा–नौबिसेको २० मिनेट सडक पार गर्न पनि घण्टौँ जाममा बस्ने पर्ने बाध्यता छ ।
सिस्ने खोला, झ्याप्ले खोला र चिसापानी क्षेत्रमा सबैभन्दा धेरै समस्या रहेको प्रहरीले जनाएको छ पानि पर्दा पहिरो र हिलोले समस्या हुने गरेको यो सडक खण्डमा घाम लाग्दा धुलोले गाडी चलाउन मुस्किल हुने गरेको छ ।