image
image

बल्छीमा परेको ‘माछो टोक्दा’ मृत्यु

काठमाडौँ, २०, भदौ । शनिबार दाङमा एउटा अनौठो घटना भएको छ। एक जना व्यक्तिले बल्छी लगाएर तानेको माछो टोक्दा बेहोस भएका व्यक्तिको केहीबेरमै मृत्यु भएको छ।

लमही नगरपालिका वडा नं. १ सुनडबरीका ४९ वर्षीय खिमबहादुर घर्ती स्थानीय खोलामा बल्छी लगाएर तानेको अढैया जातको माछाले टोकेलगत्तै बेहोस भएका थिए।

‘श्रीमतीसँगै स्थानीय कुलोमा बल्छी लगाएर माछा मार्न गएका घर्तीको जालमा सर्पजस्तै लामो अढैया जातको माछा परेछ, जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले भने, ‘माछा फटफटाइरहेपछि घर्तीले मार्नलाई आफ्नै मुखले त्यसको टाउको टोकेलगतै उहाँ बेहोस हुनु भएछ र दौडाएर अस्पताल ल्याउनासाथ चिकित्सकले उहाँलाई  मृत्यु भइसकेको घोषणा गरेका थिए।

एसपी काफ्लेका अनुसार झन्डै शनिबार दिउँसो २स्४५ बजेतिर घर्तीको बल्छीमा सर्पजस्तै देखिने झन्डै एक हात लामो अढैया जातको माछा परेको थियो।

त्यसको टाउको मुखले टोकेको ३(४ मिनेटपछि घर्ती बेहोस भएका थिए। श्रीमतीले गाउँलेलाई गुहारेर श्रीमानलाई साढे ३ बजेतिर लमही अस्पताल पुर्‍याउना साथ चिकित्कसले मृत घोषणा गरेको एसपी काफ्लेले सेतोपाटीलाई बताए।

वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक राजन पौडेलले अनौठो घटना घटेको भए पनि पोष्टमार्टम रिपोर्ट नआउँदासम्म घर्तीको मृत्यु यही कारणले भयो भन्न सक्ने अवस्था नरहेको बताए।

‘हामीले सर्पजस्तै देखिने झन्डै एक हात लामो माछा पनि अस्पतालमै राखेका छौं, पौडेलले भने, ‘पोष्टमार्टम रिपोर्टले  घर्तीको मृत्यु माछाको विषका कारण भएको हो वा अन्य केही कारणले भएको हो  भन्ने यकिन हुने छ।

एकाएक घर्तीलाई हृदयघात भएको हुन सक्ने उनले आशंका व्यक्त गरे।

तर, यो माछा दुरुस्तै सर्पजस्तै हुँदो रहेछ, पौडेलले भने, त्यसैले त्यो माछाको टाउकोमा विष भण्डारण थियो कि भन्ने आशंका छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।