image
image

चन्द्रागिरीमा आजदेखि केबुलकारसँगै जीपलाइन सञ्चालनमा

काठमाडौँ, २०, भदौ । हिजो (शनिबार)देखि चन्द्रागिरीमा जीपलाइन सञ्चालनमा आएको छ । कोभिड–१९ महामारीका कारण बन्द भएको चन्द्रागिरीको केबलकारसँगै हजोदेखि जीपलाइन पनि सञ्चालनमा आएको हो । हिजोदेखि खुलेको चन्द्रागिरीमा पुगेकाहरुले जीपलाईनको मज्जा पनि लिन पाएका हुन् ।

कोभिड–१९ महामारीका कारण यही वर्षको वैशाखमा गरिएको निषेधाज्ञादेखि चन्द्रागिरी बन्द थियो । महाप्रबन्धक अभिषेकविक्रम शाहले पाँच महिनापछि सञ्चालनमा आएको चन्द्रागिरीमा करिब दुई हजार जनाले यात्रा गरेका छन् ।

शाहले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर केबलकार र जीपलाइन सञ्चालनमा ल्याएको जानकारी दिए । भने, ‘सरकारले कोभिड–१९ को संक्रमणबाट बच्नलाई तोकेको मापदण्ड पालना गरेर केबलकार र जीपलाइन सञ्चालनमा ल्याइएको हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।