image
image

४ किलो सुन सहित विमान स्थलबाट २ जना पक्राउ

काठमाडौँ १९ भदौ । नेपालगंज एअरपोर्टबाट ४ किलो सुन सहित विमान स्थलमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा झापा खादुनावारी गाविस–६ ठेगाना भएका २६ वर्षीय अमिर लगुन विश्वकर्मा र मोरङ लेटाङ गाविस-२ ठेगाना भएका २८ वर्षीय बुद्दीमान खाती रहेका छन् ।

श्री एअरलाइन्सको उडानद्वारा काठमाडौँबाट  नेपालगंज आएका थिए ।एअरपोर्टमा प्रहरीले तलासी गर्दा विश्वकर्माले लगाएको जुत्तामा रहेको सुन जस्तो देखिने ४ थान विस्कुट र खातीले लगाएको जुत्ताको तलुवामा रहेको सुन २ थान विस्कुट गरि जम्मा ६ थान विस्कुट-काँचो सुन ३ किलो ९९४ ग्राम) पक्राउ परेको प्रहरीले जनाएको छ ।


त्यस्तै खातीले बोकेको झोलाबाट सुनको जस्तो देखिने तिलहरी १ थान, वाला १ थान, गणेश लकेट ५ थान (तौल २७.४९ ग्राम) गरी जम्मा ४ किलो २१.४९ ग्राम सुन फेला पारी उनीहरुलाई  पक्राउ गरेको हो ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।