image
image

‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’अन्तर्गत वृक्षरोपण

काठमाडौँ  १९ भदौ । ट्राफिक प्रहरीले ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’अन्तर्गत वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले भदौ १६ गतेदेखि सुरु भएको सो अभियानअन्तर्गत आज नेपाल प्रहरी कुकुर तालिम केन्द्र परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो । महाशाखाले गत वर्ष तीनकुनेस्थित पार्कमा वृक्षरोपण गरेको थियो ।

काठमाडौँ उपत्यकाका विभिन्न नर्सरी र वन कार्यालयसँगको समन्वयमा महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई, प्रहरी उपरीक्षक एवं प्रवक्ता सञ्जिव शर्मा दासलगायतको उपस्थितिमा २०० बोटबिरुवा रोपण गरिएको छ ।

सो अवसरमा तेजपत्ता २५, धुपी १२, अम्बा सात, चिउरी आठ, रुद्राक्ष १६, रिठ्ठा १४, शिरिष नौ, मलागिरी पाँच, बकाइनो आठ र कल्की फूल १० लगायतका फलफूल तथा बोटबिरुवा रोपिएको महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।