उपत्यकामा घटेन दैनिक संक्रमणदर, अझै ८१८८ सक्रिय संक्रमित
काठमाडौँ १८ भदौ ।उपत्यकामा दैनिक संक्रमणदर खासै घटेको देखिएको छैन । उपत्यकामा अझै पनि दैनिक ५ सय भन्दा बढी नै भेटिने गरेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६६७ जनालाई संक्रमण देखिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौँमा ४६७, भक्तपुरमा ७१ र ललितपुरमा १२९ जना संक्रमित थपिएका हुन्।
यस्तै, काठमाडौँ उपत्यकामा ८१८८ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौँमा४६२५, ललितपुरमा १३७२ र भक्तपुरमा २१९१ सक्रिय संक्रमित छन्।
यस्तै, काठमाडौँ उपत्यकामा ८१८८ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौँमा४६२५, ललितपुरमा १३७२ र भक्तपुरमा २१९१ सक्रिय संक्रमित छन्।









