image
image

विमानस्थलबाट सुन जस्तो धातुसहित एक पक्राउ

काठमाडौँ १८ भदौ । । काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ सय ७० ग्राम सुन जस्तो धातु सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा ७ सय ७० ग्राम सुन जस्तो देखिने धातु सहित डोल्पा ठुलो भेरी नगरपालिका ७ घर भएका ३३ वर्षीय बिष्णु बहादुर शाही रहेको  प्रहरीले पक्राउ जनाएको छ।


बिहीबार साँझ फ्लाई दुबाईको विमानबाट आएका शाहीलाई विमानस्थल भन्सार कार्यालयको एक्सरेमा प्रहरीले जाँच गर्ने क्रममा लगेजभित्र ईमरजेन्सी लाईटमा लुकाई ल्याएको उक्त धातु सहित पक्राउ गरेको हो ।

साथै उक्त धातु लिन आएका स्याङ्जा पुतली बजार घर भएका ३८ वर्षीय भुपेन्द्र पौडेललाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।