image
image

कोरोनाको पूर्ण खोप लगाएकाले यूएई पुगेपछि क्वारेन्टाइन बस्नु नपर्ने

काठमाडौँ, १८, भदौ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण विरुद्धको खोप लगाएका नेपालीले युएईको आबुधाबी प्रवेश गर्दा क्वारेन्टाइन बस्नु नपर्ने भएको छ । 

अबुधाबीको कोरोना नियन्त्रण सम्बन्धी बनेको आपतकालीन, संकट तथा प्रकोप व्यवस्थापन समितिका अनुसार आइतबार देखि पूर्ण खोप लगाएका यात्रुले यूएईको आबुधाबी प्रवेश पछि क्वारेन्टाइन बस्न नपर्ने जनाएको हो ।

पूर्ण खोप लगाएका तथा यूएईले ग्रिन लिष्टमा राखेका देशबाट प्रवेश गर्ने यात्रुले ४८ घण्टा अगाडिको पीसीआर नेगेटिभ प्रमाणपत्र पेश गर्नु पर्ने छ भने त्यहाँ पुग्ने बित्तिकै पीसीआर परीक्षण पर्नेछ । 

त्यसपछि ६ दिनपछि पुनः पीसीआर परीक्षण गर्नु पर्नेछ र रिपोर्ट नेगेटिभ आएमा आफ्नो गन्तव्य जान पाइने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।