image
image

अमेरिकामा बाढीले बगाउँदा ३ नेपालीसहित ४५ जनाको मृत्यु

काठमाडौँ, १८, भदौ । अमेरिकाको न्युयोर्कमा बाढीले बगाउँदा ३ जना नेपालीको मृत्यु भएको छ । आइडा नामक आँधी र भीषण वर्षाका कारण आएको बाढीमा परी सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका-२ जुनवेशी स्थायी घर भई हाल न्युयोर्कमा बसोबास गर्दै आएका आङ गेलु लामा, उनकी पत्नी मिङमार शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामाको मृत्यु भएको हो ।  

युनाइटेड शेर्पा एसोसिएसन न्युयोर्कले सामाजिक सञ्जालमार्फत उनीहरूको मृत्यु भएको जानकारी दिएको हो । हालसम्म अमेरिकाका ६ वटा राज्यमा भीषण वर्षासँगै बाढी र आँधीका कारण ४५ जनाको मृत्यु भइसकेको छ । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार न्युजर्सी राज्यमा कम्तीमा २३ जनाको मृत्यु भएको छ । त्यहाँको क्षेत्र डुबानमा परेको छ । त्यस्तै न्यूयोर्क शहरमा पनि कम्तीमा १४ जनाको मृत्य भएको छ । 

आँधी, बर्षा र बाढीले ठूलो धनजनको क्षति पुगेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनको संकटसँग लड्न ‘ऐतिहासिक लगानी’ आवश्यक रहेको प्रतिक्रिया दिएका छन् । अहिले न्यूयोर्कमा संकटकाल नै घोषणा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
50%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
50%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।