image
image

 एयरलाइन्सले निर्धारितभन्दा बढी भाडा असुले 

काठमाडौँ, १८, भदौ । चार्टर्ड उडानको समयमा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीले निर्धारितभन्दा बढी भाडा लिएको छानबिन समितिको प्रतिवेदाले देखाएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको दोस्रो लहरको समयमा चार्टर्डलगायत अन्य अन्तर्राष्ट्रिय हवाई उडानमा तीनवटा विमान कम्पनीले महँगो भाडा लिएका हुन् । 

सरकारले गत वैशाख दोस्रो हप्तादेखि गरेको बार्ह उडानमा गरेको प्रतिबन्धका काररण चार्टर्ड उडान भएको थियो । सो समयमा विमान कम्पनीले निर्धारितभन्दा बढी भाडा लिएको गुनासो आएपछि सरकारले असार पहिलो साता नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

दुई महिनाभन्दा बढी समय लगाएर समितिले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादाव कोइरालालाइृ चार्टर्ड उडानमा यात्रुबाट बढी भाडा लिएको निष्कर्ष निकाल्दै छानबिन प्रतिवेदन बुझाएको थियो ।

कतार एयरवेज, टर्किस एयलाइन्स र हिमालय एरलाइन्ले बढी भाडा लिएको छानबिन प्रतिवेदले औंल्याएको छ । समितिले त्यस कार्यमा संलग्न कम्पनीउपर थप अनुसन्धान एवं कारवाहीका लागि नियामक निकायमा सिफारिस गर्नुपर्ने सुझावसिहतको प्रतिवेदन सचिव कोइरालालाई बुझाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।