image
image

वडाध्यक्ष श्रेष्ठको निधनमा आज काठमाडौं महानगरमा शोक बिदा

काठमाडौँ, १८, भदौ । काठमाडौं महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष शशीलाल श्रेष्ठको निधन भएको छ। काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा ६५ वर्षीय श्रेष्ठको बिहीबार निधन भएको हो। उनी क्यान्सरबाट पीडित थिए।

महानगरका प्रशासन विभागले सूचना निकालेर वडाध्यक्ष श्रेष्ठको निधनमा शुक्रबार महानगरपालिकाका सबै कार्यक्रम स्थगित गरिएको र सबै कार्यालयहरू बन्द रहने उल्लेख गरेको छ।

श्रेष्ठको निधनमा महानगरले महानगरभित्र शोक बिदा दिएको छ।

श्रेष्ठ २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भई विजयी भएका थिए। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।