image
image

‘बीग बोस विजेता’ सिद्धार्थ शुक्लाको निधन

काठमाडौँ, १७, भदौ । भारतीय टेलिभिजन कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ।टेलिसिरियल बालिका बधुबाट चर्चामा आएका उनको बिहीबार निधन भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

उनको हृदयघातका कारण मृत्यु भएको कुपर अस्पतालले जानकारी दिएको हो। ४१ वर्षीय शुक्लालाई बिहान हृदयघात भएको थियो।

उनी आमा र दुई बहिनीसँग बस्थे।सिद्धार्थ ‘बीग बोसल १३’को विजेता समेत बनेका थिए । सिद्धार्थको जन्म सन् १९८० मा मुम्बईमा भएको थियो । उनले सन् २००५ मा उत्कृष्ट मोडलको अवार्ड जितेका थिए । यसपछि, उनले टेलिभिजन सिरियलमा अभिनय सुरु गरेका थिए । शुक्लाले शोबिजमा मोडलिङ गरेर आफ्नो करिअर सुरू गरेका थिए। टेलिभिजन सिरियल  बाबुलका आंगन छुटे नाबाट उनले डेब्यू गरेका थिए।

उनी भारतको चर्चित रियालिटी शो बिग बोस सिजन १३ का विजेतासमेत हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।