image
image

पोखरामा पहिरोले तीनजनाको मृत्यु 

काठमाडौँ, १७, भदौ । पोखरामा अबिरल वर्षाले पहिरो जाँदा तीनजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–११, भञ्ज्याङ नमुनाटोलका एकजना र पोखरा–२०, भलामका दुईजनाको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।

पोखरा–२०, भलामका स्थानीय कृष्ण श्रेष्ठको ब्लकले एकतले घरको माथिबाट पहिरो आई घर पुरिँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीय कृष्ण श्रेष्ठ र उनीकी श्रीमती ३५ वर्षीया सुनमाया तामाङ छन् । उनका तीन वर्षीय छोरा बेपत्ता छन् ।

पोखरा–११ का लक्ष्य नेपालीको एकतले कच्ची घरमाथिबाट पहिरो आई घर पुरिँदा एकजनाको मृत्यु भएको छ । पहिरोले घर भत्किएर घाइते भएका ४२ वर्षीय लक्ष्य नेपालीको उपचारका क्रममा मृत्यु भएको छ । उनकी १४ वर्षीया छोरी सृष्टि नेपालीको दुवै खुट्टा र ढाडमा चोट लागेको छ । उनका श्रीमती र दुई छोरा सकुसल छन् ।

पोखरा–११, बसेरीस्थित एकदेव तिमिल्सिनाको घर पुरिँदा तीनजना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।